पोखरा । नेपाली बजारमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घट्दै १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य भने आज तोलमा ५ रुपैयाँले मात्र घट्दै १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution