पोखराको लक्ष्मी आदर्श माविमा पूर्व विद्यार्थीको अक्षयकोष

विष्णुहरि पौडेल

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ स्थित शिशुवास्थित लक्ष्मी आदर्श माविमा पूर्व विद्यार्थीले अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयबाट २०५१ मा कक्षा १० मा अध्ययनरत ७० जना विद्यार्थीले २ लाख ५ हजार १ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोष रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछाने र प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईलाई हस्तान्तरण गरिएको विद्यार्थी हिमलाल बास्तोलाले जानकारी दिए ।

सो अवसरमा सहभागी पोखरा-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विद्यालयको स्वर्ण महोत्सव भव्यरुपमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

विद्यालयको ५६ औं वार्षिकोत्सव एवं स्वर्णजयन्ती बुधबारदेखि सुरु भएको छ ।

स्वर्णमहोत्सव ३ दिनसम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button