मौसम : आज हिमपात, शुक्रबार र शनिबार हल्का वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति भने गण्डकी, कोशी, बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

शुक्रबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा छुटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा र देशका बाँकी पहाडी भूभागका एक, दुई स्थानमा छिट फुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button