राधाकृष्ण शिवालय टोल विकास संस्थाको १३ औं वार्षिक साधारणसभा

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित राधाकृष्ण शिवालय टोल विकास संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रम शुभारम्भ गर्दैै पोखरा-५ का वडासदस्य गोविन्द प्रसाद पराजुलीले उनले वडा कार्यालयले गरेका कामका बारेमा चर्चा गरे । वडाको विकासमा टोल विकास संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।

संस्थाका संस्थापक अध्यक्ष कृष्णमणि भुर्त्यालले संस्था स्थापना गर्दाको अनुभूति सुनाएका थिए ।

पूर्व अध्यक्ष सावित्रा कोइरालाले टोलमा हुने आपराधिक गतिविधि, विकृति-विसंगति रोक्नका लागि संस्थाले निगरानी राख्नुपर्ने बताइन् ।

संस्थालाई अघि बढाउन अध्यक्ष एक्लैले मात्र सम्भव नहुने भन्दै कोइरालाले संस्थामा आवद्ध सदस्यहरू र टोलवासीकै भूमिका महत्वपूर्ण हुने स्पष्ट पारिन् ।

सो अवसरमा सल्लाहकार रामजी प्रसाद कोइराला र नीलकण्ठ कोइरालाले टोलभित्रका समस्या र समाधानमा संस्थाले खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गरेका थिए ।

संस्थाकी अध्यक्ष रमा कोइरालाले सबैको सहयोले नै संस्थालाई सक्रिय रुपमा अघि बढाउन सकिएको बताइन् ।

अध्यक्ष रमा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टंक पौडेलले स्वागत, सचिव पार्वती कोइरालाले सञ्चालन गरेकी थिइन् ।

साधारणसभामा सचिव पार्वती कोइरालाले वार्षिक गतिविधि र कोषाध्यक्ष लक्ष्मण पराजुलीले आय-व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button