सुनको भाउ बढ्यो

पोखरा । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६ सय ५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढेर कारोबार आए पनि आज चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो बुधबारकै मूल्यमा आज चाँदीको कारोबार भएको हो । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ७५ रुपैयाँ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button