मृगौला पीडितलाई आर्थिक सहयोग

पोखरा । मृगौला पीडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

इलाम घर भई हाल पोखरा महानगरपालिका वडा नं ६ बस्दै आएकी शेर्पाको उपचारका लागि संकलित १ लाख १० हजार रुपैयाँ बिहीबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।

सुवेदार कर्णबहादुर गुरुङले स्वदेश र विदेशमा रहेका सहयोगीबाट संकलित रकममा पोखरा महानगरपालिकाबाट १० हजार रुपैयाँ थप गरी हस्तान्तरण गरिएको हो ।

कर्णबहादुरले सहयोगका लागि निवेदन दिएका थिए । उपचारको लागि बेलायत, पोखरा लगायतका विभिन्न व्यक्ति र संस्थाबाट रकम संकलन गरिएको गुरुङले बताए ।

पीडितको निवेदन अनुसार महानगरले प्रमुख र उपप्रमुखले १० हजार रुपैयाँसम्म सहयोग गर्न पाउने व्यवस्था छ । सोही व्यवस्था बमोजिम उपप्रमुख गुरुङले १० हजार थप गरी हस्तान्तरण गरिएको हो ।

पीडित शेर्पाका श्रीमान र १ छोरी छन् । शेर्पा विगत ३ वर्षदेखि मृगौलासम्बन्धी उपचार गराउँदै आएकी छन् ।

रकम प्राप्त गरेपछि शेर्पाले आफ्नो उपचारका लागि सहयोगदाता र बुबा कर्णबहादुरलाई धन्यवाद दिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button