पोखरा-१३ मा जब फेयर

पोखरा । पोखरा महागरपालिका वडा नं १३ मा भोलि शुक्रबार जब फेयर (रोजगार मेला) हुँदै छ ।

वडाभित्रका बेरोजगार युवायुवतीलाई लक्षित गरी जब फेयर आयोजना गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

जब फेयरमा १२ वटा स्टल रहने र रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइने उनले बताए ।

‘अहिलेको सबै भन्दा प्रमुख समस्या बेरोजगारी हो । वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगार दिलाउने गरी वडाले जब फेयरको अवधारणा अगाडि सारेको हो,’ उनले भने ।

लायन्स तथा लियो क्लब अफ पोखरा सेन्टेनियलसँगको सहकार्यमा फेयर हुने वडाध्यक्ष बरालले बताए ।

कार्यक्रम वडा कार्यालय परिसरमा नै बिहान ९ देखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ छ ।

वडावासीको आयस्तर सुधार गर्न पनि जब फेयर महत्वपूर्ण हुने उनले बताए ।

वडाध्यक्ष बरालले जब फेयरमा उपस्थित भएर लाभ लिन वडाबासीलाई आग्रह गरे ।

फेयरमार्फत उत्पादनदेखि प्रविधिमैत्री विषयमा पनि जानकारी दिइनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button