पोखरामा पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने ९ जना पक्राउ

पोखरा । कास्की प्रहरीले पोखरामा पर्यटकलाई दुःख हैरानी दिने र अभद्र व्यवहार गर्ने ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ९ बसपार्क बस्ने वर्ष ४० का रुपेन्द्र श्रेष्ठ, वर्ष ३२ का मोहन आचार्य, वर्ष २५ का विकास कुँवर, वर्ष २१ का विमल ठकुरी, वर्ष २१ का विकास श्रेष्ठ, नागढुंगा बस्ने वर्ष ४० का नारायण अधिकारी, वर्ष ४४ का श्यामप्रसाद शर्मा छन् ।

यस्तै, पोखरा-१३ पाटनवेसी बस्ने वर्ष २८ का रन्जन खड्का र पोखरा-१७ ड्यामसाइड बस्ने बर्ष १९ को सविन नेपाली पनि सोही आरोपमा पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूले पोखराको पृथ्वीचोक, मुस्ताङचोकका स्थानीय र पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरु तान्ने र पैसाको बार्गेनिङ गरी अनावश्यक दुःख हैरानी दिएको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताबिरुद्वको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button