पोखरा बिगमार्टका ५ शाखा एकैसाथ शुभारम्भ, भाग्यशाली ग्राहकलाई स्कूटर

पोखरा । बिगमार्टले पोखरामा एकै पटक ५ वटा शाखा शुभारम्भ गर्ने भएको छ । बगर, शीतलादेवी, रामबजार, फूलबारी र प्रस्याङमा फागुन १९ देखि शाखा शुभारम्भ हुने बिगमार्टले जनाएको छ । बिगमार्टका काठमाडौंमा ९० शाखा सञ्चालनमा छन् ।

शाखा शुभारम्भको अवसरमा सामान खरिदमा भारी छुट र आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । जसमा नमस्ते पे र ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्ने ग्राहकलाई तत्कालै १० प्रतिशत छुट दिइनेछ ।

यस्तै, प्रभु बैंकको डेबिट, क्रेडिट कार्ड र क्यूआरबाट भुक्तानी गर्ने ग्राहकले पनि १० प्रतिशत नै छुट प्राप्त गर्ने बिगमार्टले जनाएको छ ।

यस्तै, सिटिजन्स बैंकको डेबिट, क्रेडिट कार्डबाट भुक्तानी गरेपनि ग्राहकले १० प्रतिशत छुट तत्कालै प्राप्त गर्नेछन् ।

यसैगरी बम्पर पुरस्कारमा १ जना भाग्यशाली ग्राहकले हिरो स्कूटर प्राप्त गर्ने बिगमार्टले जनाएको छ ।

बिगमार्टमा ७ सय ५० वा सो भन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई लक्की ड्रमा समावेश गर्न सकिने छ ।

बिगमार्टले फेसबुक पेज, इन्ट्राग्राम एकाउन्ट, ह्वाट्सएप, भाइवरका साथै नजिकैको बिगमार्ट स्टोरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button