शिवरात्रिमा बास्केटल प्रतियोगिता, विजेतालाई १ लाख पुरस्कार

पोखरा । पुन युनाइटेड क्लब नदीपुरको आयोजनामा शिवरात्रीको अवसरमा यही फागुन अन्तिम साता बास्केटबल प्रतियोगिता हुने भएको छ ।

पुन समाज रामघाटको बास्केटबल कोर्टमा खुला पुरुष, भेट्रान्स र महिला बास्केटबल प्रतियोगिता हुने भएको हो ।

पुरुषतर्फ हुने बास्केटबल प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, महिलातर्फ हुने थ्री बाई थ्री को विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

भेट्रानतर्फको विजेताले ३५ हजार तथा उपविजेताले १७ हजार ५ सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए ।

आगामी फागुन २२ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगिताका लागि टिम दर्ता खुला गरिएको र २२ गते साँझसम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button