निर्धारित समयमा नेपाल-जोर्डन २-२ को बराबरी

पोखरा । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र जोर्डनबीच फाइनल खेल भइरहेको छ । निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेको छ ।

नेपालका लागि २९औं मिनेटमा समीता राना मगर र ९३ औं मिनेटमा गीता रानाले गोल गरेकी हुन् । जोर्डनकातर्फबाट दुवै गोल दोस्रो हाफमा भएको थियो ।

नेपालले पहिलो हाफको खेल सकिँदा १-० गोलको अग्रता लिएको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी रङ्गशालामा पहिलो हाफमा नेपालका लागि सविता राना मगरले गोल गरेकी हुन् । उनले खेलको २९औँ मिनेटमा गोल गरिन् ।

पहिलो हाफमा नेपालले जोर्डनमाथि दबाब सिर्जना गरेको थियो । वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो । जोर्डनले भने पाँच पटक उक्त उपाधि जितिसकेको छ ।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २-१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो ।

जोर्डन प्यालेस्टाइनलाई ५-० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

नेपाली टोलीमा गोलकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् । डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पूजा राना र सबिना चौधरी छन् ।

यस्तै मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल तथा फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ र सबिता राना मगर छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button