दुग्ध किसानकाे आक्राेश : सडकमा दूध पोखेर राजमार्गमा चक्काजाम

नवलपुर । दूधको भुक्तानी नपाएको र सरकार मुकदर्शक भएर बसेको भन्दै त्यसको विरोधमा पूर्वी नवलपरासीका दुग्ध किसान आन्दोलित भएका छन् ।

उनीहरुले बिहीबार कावासोतीमा सडकमा दूध पोखेर पूर्वपश्चिम राजमार्गमा १ घण्टा चक्काजाम गरे ।

सदरमुकाम कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय अगाडि राजमार्गमा दूध पोखेर किसानले सरकारविरुद्ध आक्रोश पोखे ।

कृषिमन्त्री राजीनामा दे, किसानमारा सरकार मुर्दावाद, दूधको आयात बन्द गर जस्ता नाराअंकित प्ले कार्ड बोेकेको किसानले नारावाजी गरेका थिए ।

उनीहरुले ‘मिल्क होली डे’ बन्द हुनुपर्ने र किसानको उत्पादन दूधको मूल्य र बिक्री जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन् ।

दूध पोखेर नारावाजी गरेका कारण महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिंडेका सयौं गाडी कावासोतीमा रोकिएका थिए ।

पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दूध बिक्री हुँदै आएको छ ।

दुग्ध उत्पादक किसानले स्थानीय सहकारी मार्फत बिक्री गरेको दूधको भुक्तानी नपाएका कारण आन्दोलन गर्नुपरेको जनाएका छन् ।

सहकारीले काठमाडौंका दूध डेरीलाई दिएको दूधको भुक्तानी नपाएका कारण किसान मारमा परेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button