ढाकामा सात तले भवनमा आगलागी, कम्तीमा ४४ जनाको मृत्यु

ढाका । बंगलादेशको राजधानी ढाकामा सात तले भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

बिहीबार राति लागेको आगोमा परेर उनीहरुको ज्यान गएको हो ।

घटनामा २२ जना गम्भीर घाइते भएका छन् । १३ दमकलले करिब अढाई घण्टा लगाएर आगो निभाएका थिए ।

ग्रिन कोजी कटेज नामक भवनमा आगलागी भएपछि ७५ जनालाई बाहिर निकालिएको थियो । जसमा ४२ जना बेहोश रहेका थिए ।

सबैलाई ढाका मेडिकल कलेज र शेख हसिना नेशनल इस्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरी हस्पिटलमा भर्ना गराइएकामा ४४ जनाको मृत्यु भएको हो ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने चिकित्सकलाई उधृत गर्दै अधिकारीहरुले बताएका छन् । एजेन्सी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button