बढ्यो सुनचाँदीको भाउ

पोखरा । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन तोलामा १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रवार तेजाबी सुन तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ।

यस्तै शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button