पोखराको जिरोकिमिबाट ९ जना जुवाडे रंगेहात पक्राउ, को-को हुन् ?

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ जिरोकिमीबाट ९ जना जुवाडे रंगेहात पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बिहीबार साँझ करिब ६ः३० बजे जिरो किमीस्थित धौलागिरी आगमन होटल एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाले जानकारी दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनीहरुको साथबाट ३ बुक तास र ९३ हजार ८ सय १० रुपैयाँ नगद बरामद भएको प्रहरी निरीक्षक रानाले बताए ।

पक्राउ पर्नेमा पोखरा-५ प्रस्याङ बस्ने वर्ष ५१ का काजीमान बल, वर्ष २३ का अन्तिम भन्ने अस्मिन गुरुङ, वर्ष ३२ का टोपबहादुर श्रीस, जिरोकिमि बस्ने वर्ष २८ का सुशान्त ठाकुर, वर्ष ४१ का मनबहादुर दमै छन् ।

यसैगरी मालेपाटन बस्ने वर्ष ३३ का शीतल कार्की, पोखरा-३ बस्ने वर्ष ३५ का विकास गुरुङ, पोखरा-१८ सराङकोट बस्ने बर्ष ४० का रमेश पराजुली र पोखरा-११ फूलवारी बस्ने बर्ष ३० को कृष्णबहादुर छन्त्याल पनि सोहीक्रममा पक्राउ परेका छन् ।

उनीहरुबिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button