|प्रतीकात्मक तस्बिर
पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं २ मा यसवर्ष पनि शिवरात्री मेला हुने भएको छ ।
नर्वदेश्वर शिवपञ्चाङ्ग मन्दिर व्यवस्थापन समितिको आयोजना चौथो शिवरात्री मेला हुने भएको हो ।
मेलाको प्रमुख आकर्षणका रुपमा खुला भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, विभिन्न व्यक्तिलाई सम्मान तथा कलाकारको प्रस्तुति रहनेछ ।
समिति सचिव रमेशराज भण्डारीका अनुसार भजनतर्फ प्रथम हुनेले १२ हजार, द्वितीय हुनेले ६ हजार, तृतीयले ३ हजार तथा सान्त्वनाले १ हजार ५ सय साथमा प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
यस्तै उत्कृष्ट नृत्यलाई पनि प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको छ । मेला सम्पन्न गर्न विभिन्न उपसमिति निर्माण गरी कार्य अगाडि बढाइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution