आज नेदरल्यान्डसँग बदला लिने योजनामा नेपाल

पाेखरा। काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ ।

नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल २ खेलमा पराजित र १ खेलमा विजयी भएको छ ।

नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल आज बदला लिने योजनामा हुनेछ ।

नेपाल र नेदरल्यान्डबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

यसअघि हिजोको खेलमा करण केसीको उत्कृष्ट बलिङमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ ।

जितका लागि १ सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रनमा समेटिएको थियो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई ८ रन मात्रै दिए ।

यो जितसँगै २ अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना कायमै राखेको हो ।

नामिबियाको यो हारपछि पनि अङ्तालिकामा भने समान २ अङ्क नै छ ।

नेदरल्यान्डसको २ खेलमा ४ अङक रहेको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button