पोखरा । साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।
खेल दिउँसो ३ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् ।
नेपाल प्रतियोगिताको साविक विजेता हो ।
सन् २०२२ मा बङ्गलादेशमा भएको प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा भारतले भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हरायो ।
सिङ्गल राउन्डमा हुने प्रतियोगितामा सहभागी हरेक टोलीले एकआपसमा खेल्नेछन् ।
लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
फाइनल खेल यही फागुन २७ गते हुनेछ ।
यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा खेलिन लागेको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution