पोखराको नेशलन क्रियशन एकेडेमीमा ४ सय ५० विद्यार्थीको दाँत परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगास्थित नेशलन क्रियशन एकेडेमीमा एक दिने दन्त शिविर सम्पन्न भएको छ ।

शिविरमा विद्यालयमा अध्ययनरत ४ सय ५० विद्यार्थीको दाँत परीक्षण गरिएको थियो ।

विद्यालयका सिसिए इञ्चार्ज सुदामा रेग्मीका अनुसार शिविरमा वरिष्ठ चिकित्सक नवराज लम्डारी नेतृत्वको टोलीले विद्यार्थीको दाँत परीक्षण गरेको हो ।

सो अवसरमा विद्यालयका प्रार्चाय ज्ञानेन्द्र बहादुर थापाले शिविरले विद्यार्थीको स्वास्थ्यमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले फागुन महिनाको अन्तिममा आँखा शिविर सञ्चालन गरिने जानकारी दिए ।

विद्यालयले विद्यार्थी केन्द्रित अतिरिक्त क्रियाकलापसँगै विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button