पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित समाजसेवा युवा क्लबको हालै निर्वाचित नयाँ कार्यसमितिले सरसफाई गरेर कार्यकाल सुरुआत गरेको छ । सञ्चारकर्मी मधु अधिकारी नेतृत्वमा क्लबको नयाँ कार्यसमिति चयन भएको थियो ।
क्लबले शनिबार क्लव भवन प्रांगण, पुष्करेश्वर शिव मन्दिर, श्रीकृष्ण माविको खेल मैदान लगायतका स्थानमा सरसफाई गरेको हो ।
कार्यक्रममा श्रीकृष्ण मावि व्यवस्थापन समिति, पुष्करेश्वर शिव मन्दिर व्यवस्थापन समिति, मासबार आमा समूह, महिला विकासका लागि आमा समूह, महिला क्लव पोखरा, पोखरीपाटन टोल विकास संस्था, सुगम गहन टोल विकास संस्था, शान्तिनगर टोल विकास संस्थाले ऐक्यवद्घता जनाएका थिए । सरसफाईका क्रममा ५० बोरा फोहोर संकलन भएको थियो ।
सो अवसरमा पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले क्लबको नयाँ नेतृत्वले सरसफाईमार्फत सामाजिक कार्यको शुभारम्भ गरेकोमा खुसी व्यक्त गरे । उनले क्लबको प्रत्येक गतिविधिमा वडाको साथ रहने प्रतिवद्धता जनाए ।
वडासदस्य अर्जुन बहादुर थापाले सामाजिक कार्यमा सबै एकतावद्घ हुनुपर्ने बताउँदै सरसफाई कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
क्लब अध्यक्ष मधु अधिकारीले सबै सघंसस्थासँंग हातेमालो गर्र्दै युवालाई जागरुक गराउने बताए । उनले सामाजिक कार्यमा सधैं क्रियाशील रहने स्पष्ट पारे । कार्यक्रम सञ्चालन क्लब सचिव दिपिका पराजुलीेले गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution