मौसम : आज गण्डकीसहित ६ प्रदेशमा वर्षा हुने

पाेखरा। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सोही कारण हाल देशभर साधारणतया बदली रही गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकका केही स्थानमा फाटफुट वर्षा भएको छ । योसँगै चिसो महसुस भएको छ । पछिल्लो २४ घण्टामा पोखरामा १.२, दिपायलमा १४.७, डडेलधुरामा १६.५, धनगढीमा १९.३, वीरेन्द्रनगरमा १२.५, नेपालगञ्जमा ८.६, जुम्लामा २७.८, घोराहीमा ६.३, भैरहवामा ३.०, काठमाडौँमा ०.१ मिलिमिटर वर्षा भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

दिउँसो देशभर साधारणतया बदली रहने छ। गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम बर्षाको साथै बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button