
विराटनगर । झापामा शनिबार साँझ सवारी दुर्घटनामा परी १ महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन् ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं. ५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा रहेकी छन् । छोरी वर्ष ५ की निशा विक सिकिस्त रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ।
मेचीनगर-५ को भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे-११प ५७६५ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा देवीमायाको राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
निशाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





