पोखरामा नेविसंघको बीपी स्मृति फुटसल प्रतियोगिता, मिलनटोल प्रथम

पोखरा । पोखरामा भएको प्रथम बीपी स्मृति फुटसल प्रतियोगिताको उपाधि मिलनटोलले जितेको छ ।

फाइनल प्रतिस्पर्धामा मिलन टोलले फ्रेस इलिमेन्टसलाई ३-१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगर कार्यसमितिद्वारा आयोजित प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

विजेता मिलनटोलले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता फ्रेस इलिमेन्टसे ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । साथै उत्कृष्ट खेलाडी, गोल-किपर र सर्वाधिक गोलकर्ताले पनि ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले र समापन नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालले गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य आशिक गुरुङ, कांग्रेस कास्कीका सचिव भानु ढकाल, क्षेत्रीय सहसचिव शीतल अधिकारी, नेविसंघ केन्द्रीय सदस्य राजेन्द्र बराल, एनआरएनए जापानका सचिव दिपेश केसी लगायत सहभागी थिए ।

संघका विपिन सभापति पौडेलले प्रतियोगिता सम्पन्न सघाउने सबैप्रति आभार व्यक्त गरे । प्रतियोगिता पोखरा-७ स्थित फरेष्ट स्पोर्टस् एरिनामा भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button