
इस्लामावाद । पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन् ।
उनी पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता हुन् ।
उनी दोस्रो पटक सरकारको नेतृत्व गर्दैछन् ।
पाकिस्तानको उनी २४ औँ प्रधानमन्त्री हुन् ।
आइतबार ३ सय ३६ सदस्यीय संसदमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा शरीफले २ सय १ मत प्राप्त गरेका हुन् ।
उनका प्रतिस्पर्धी उमर अयुवले ९२ मत प्राप्त गरे ।
अयुव पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान समर्थित हुन् ।
किस्तानमा हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले प्रस्ट बहुमत हासिल गर्न नसक्दा पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपल्स पार्टीबिच गठबन्धनका आधारमा सरकार गठन भएको हो ।





