सुनको भाउ ह्वात्तै बढ्यो

पोखरां । आज आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज एकैदिन २ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य बढेसँगै आज छापावाल सुन तालामा १ लाख २१ हजार पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी पनि तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३ सय ९० रुपैयाँ रहेको चाँदी आज बढेर १ हजार ४ सय १० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button