
दाङ । दाङमा सवारी दुर्घटना हुँदा १ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ साइगाँउका ३३ वर्षीय सुरेशचन्द पाठक छन् ।
आज बिहान शीतलपुर नजिकै तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००३ क ९७५६ नम्बरको मालबाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको पाठकले चलाएको भे१२प ३४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा पाठक गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्कालै राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो । उनको करिब १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक नवीनचन्द्र मल्लले जानकारी दिए ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।





