पोखराको सभागृहचोकबाट ६ जना जुवाडे रंगेहात पक्राउ, को-को हन् ?

पोखरा । पोखराको सभागृहचोकबाट ६ जना जुवाडे रंगेहात पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शनिबार राति ९ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ लाख ४० हजार ४ सय ५० रुपैयाँ नगद र ३ बुक ताससमेत बरामद भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने बर्ष ४० का रमेश शाह, भारतको बिहार घर भई हाल सभागृहचोक बस्ने बर्ष ३५ का उपेन्द्र चौधरी, बर्ष २५ का मुकेश शाह, बर्ष ३४ का राकेश शर्मा, सप्तरी घर भइ हाल सभागृहचोक बस्ने बर्ष २७ का सुजित चौधरी र पोखरा-१४ चाउथे बस्ने बर्ष ४३ का ग्यारेज सञ्चालक गोपाल बस्नेत छन् ।

पक्राउ परेकाहरुबिरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट जुवासम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button