भूमिअधिकार तथा श्रमिक संगठन कास्कीमा पुन

पोखरा । नेकपा एमाले निकट जनसंगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटी कास्कीको पदस्थापन कार्यक्रम आइतबार सम्पन्न भयो ।

अघिल्लो महिना गठित कमिटीको अध्यक्षमा टेकबहादुर पुन चयन भएका थिए । कार्यसमिति ३५ सदस्यीय छ ।

एमाले स्थायी कमिटी सदस्य तथा जिल्ला कमिटी कास्कीका इन्चार्ज थममाया थापाको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम भएको हो ।

निर्वाचित कार्यसमितिलाई एमाले कास्कीका सचिव बैनबहादुर क्षत्री, संगठनका कास्की इन्चार्ज सेतीमाया गुरुङ, अखिल नेपाल महिला संघ गण्डकी प्रदेश अध्यक्ष हिरा गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संगठन अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बेलमाया गुरुङ र सञ्चालन प्रेमबहादुर गुरुङले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button