वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु

इस्लामावाद । पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।

उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तका अधिकारीहरूले आइतबार सञ्चारमाध्यमलाई यसबारे जानकारी गराएका छन् ।

वर्षा र बाढीले थुप्रै घरहरू भत्किएको र सडक अवरुद्ध भएको छ ।
बिहीबार रातिदेखि यस क्षेत्रमा वर्षासँग सम्बन्धित घटनाहरूमा २३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ५ जनाको मृत्यु भएको छ।
घटनाको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button