|फाइल तस्बिर
चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० लप्सेमा रहेको विष्णु कृषि एग्रो फार्ममा आगलागी हुँदा २ सय बाख्रा जलेर मरेका छन् ।
आगलागीका कारण बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट हुँदा रु १ करोड ५० लाख बराबरको क्षति भएको सञ्चालक विनोद खड्काले जानकारी दिए ।
हाई भोल्टेजका कारण विद्युत् लाइन सर्ट भई आगलागी भएको हुनसक्ने स्थानीय मीनराज गिरीले बताए ।
वैदेशिक रोजगारबाट फर्किएका खड्काले रु १ करोड लगानी गरेर बयर जातका बाख्रा फार्म सञ्चालन गर्दै आएका थिए ।
आधुनिक तरिकाले खोर बनाएर २ तलामै खड्काले बाख्रापालन गर्दै आएका थिए ।
खोरमा रहेका एउटै बयर जातका बोका तथा बाख्राको रु १ लाख ५० हजारदेखि २ लाखसम्म मूल्य पर्छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution