फेरि नयाँ गठबन्धन सरकार, सानो आकारको मन्त्रिमण्डल आजै

काठमाडौँ । नेपाली कांग्रेस सम्मिलित सत्ता गठबन्धन ढल्ने निश्चित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘इट्स टु लेट’ भन्दै बालुवाटारबाट बिदा गरेपछि अब एमालेसँग सहकार्य गरेर प्रचण्डले सत्ता चलाउने भएका हुन् ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आज नै गठबन्धन परिवर्तन भएर नयाँ सरकार गठन हुनेछ ।

उनले भने, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै । सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिनेछ ।’

योसँगै १ वर्षसम्मको कांग्रेस-माओवादीको गठबन्धन सहकार्य पनि आजैदेखि टुंगिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button