ताप्लेजुङ । फुङलिङ नगरपालिका-१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने २ किलोमिटर पदमार्ग निर्माण भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो ।
समितिद्वारा विनियोजित रु २५ लाखको लागतमा २ हजार १ सय ७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारी दिए । जम्मा २ हजार ५० मिटरको प्राविधिक लागत अनुमान गरिएको उक्त योजनामा १ सय २२ मिटर बढी पदमार्ग निर्माण गरीएको छ ।
उपभोक्ता समितिद्वारा स्थानीयस्तरबाट श्रमदान जुटाएर १ सय २२ मिटर बढी पदमार्ग निर्माण गरिएको अध्यक्ष लेछर्बोले जानकारी दिए ।
उक्त पदमार्ग हुँदै फुरुम्बो, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका स्थानीय पाथीभरा मन्दिर जाने गरेको उपभोक्ता समितिका सचिव इन्द्र लेछर्बोले बताए ।
१ मिटर २० सेन्टिमिटर चौडासहितको पदमार्ग निर्माण भएसँगै पाथीभरा ओहोरदोहोरमा सहजता हुन थालेको स्थानीयले बताएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution