एकीकृत समाजवादी नयाँ गठवन्धनमा समेटिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि राख्ने निर्णय गरेको छ ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो ।

वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्नुपर्ने माओवादीको निष्कर्ष छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे अध्यक्ष माधवकुमार नेपाललाई कन्भिस गराएर नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने तयारी माओवादीको छ ।

यता  नयाँ गठबन्धन बन्ने र एमालेसँगको सहकार्यबारे नेकपा एकीकृत समाजवादीले कुनै जानकारी नपाएको जनाएको छ ।

नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफ्नो पार्टीलाई यसबारे कुनै जनाकारी नभएको बताएका छन् ।

‘के-के समीकरण भएको छ त्यो बारे हाम्रो पार्टीलाई जानकारी छैन, उहाँहरुले के-के गर्दै हुनुहुन्छ भन्ने बारेमा हाम्रो पार्टी बेखर छ’, खतिवडाले भने ।

उनका अनुसार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बस्ने र नयाँ गठबन्धनबारे धारणा सार्वजनिक गर्नेछ ।

‘हाम्रो पार्टीको सचिवालय बैठक बस्दैछ त्यही नयाँ समीकरणबारे धारणा सार्वजनिक हुनेछ’, उनले भने ।

तर नयाँ गठबन्धन बनाउनेहरु शक्ति बाँडफाँटका लागि  बालुवाटारमा तीन दलको बैठक गरिरहेका छन् । एमाले, माओवादी र रास्वपाको बैठक चलिरहेको हो ।

बैठकमा मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावलीबारे छलफल गरिएको छ । आजै एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button