पोखरा । सत्ता गठवन्धन परिवर्तन भएसँगै आजै मन्त्री परिषद् विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डाको तयारी छ ।
प्रचण्डले आफ्नो अध्यक्षतामा सानो आकारको मन्त्री परिषद् गठनको तयारी गरेका हुन् । यसका लागि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर जानकारी गराइसकेका छन् ।
समाचार स्रोतका अनुसार आज नेकपा एमालेबाट पर्वतका पदम गिरी मन्त्री बन्दैछन् । उनी यस अघिको प्रचण्ड नेतृत्वकै गठवन्धनमा स्वास्थ्य मन्त्री थिए । उनी हाल हाल पार्टीको प्रमुख सचेतक हुन् ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट नुवाकोटका हितबहादुर तामाङलाई पनि मन्त्री बनाउने तयारी छ ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डोलप्रसाद (डीपी) अर्याल मन्त्री बन्ने पक्का भएको छ । धादिङ मैदीका अर्याल यसअघि प्रचण्ड नेतृत्वकै सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए ।
उनीहरु अहिले विनाविभागीय मन्त्री बन्नेछन् । नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डालगायतको विषयमा ठोस सहमति हुन लागेकाले तत्काल ३ जना मन्त्री बन्न लागेका हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution