घार्मीका कृषि सहकारीकर्मीद्वारा बन्दीपुरको बाख्रा फार्म र लमजुङ्गको राइनासकोट अवलोकन

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ घार्मीस्थित घार्मी कृषि वातावरण तथा पर्यटन सहकारीले तनहुँ र लमजुङ्गका कृषि र पर्यटकी क्षेत्रको अवलोकन भ्रमण गरेको छ ।

कृषि र पर्यटन क्षेत्रको विकासका लागि आधारभूत आवश्यकता र विभिन्न सम्भावनाको खोजी गर्न भ्रमण आयोजना गरिएको हो ।

सहकारीमा आवद्ध ३३ सदस्ययीय भ्रमण टोलीले तनहुँ बन्दीपुरस्थित बाख्रा फार्म र लमजुङ्गस्थित पर्यटकीय गाउँ राइनासकोट अवलोकन गरेको हो ।

भ्रमण टोलीले राइनासकोटमा पर्यटन प्रवर्द्धनमा होमस्टे सञ्चालनका विभिन्न सम्भावनाबारे अध्ययन गरेको सहकारीका अध्यक्ष पोषराज पौडेलले जानकारी दिए ।

२०७९ मा स्थापना भएको सहकारीले रचनात्मक काम गर्दै आएको उनले बताए । सहकारी घार्मी तथा त्यसक्षेत्रका कृषकका लागि सहारा बन्न सफल भएको अध्यक्ष पौडेलको दावी छ ।

सहकारीले कृषकलाई मल, बीउबिजन र कृषि सामग्री उपलब्ध गराउँदै आएको उनले बताए । सहकारीमा हाल १ सय भन्दा बढी शेयर सदस्य आवद्ध छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button