मन्त्री सिंखडाद्वारा परिवार नियोजन संघको निरीक्षण

पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सोमबार नेपाल परिवार नियोजन संघ कास्कीको निरीक्षण गरेकी छन् ।

उनलाई संघका सभापति नवीन सिग्देल, शाखा प्रवन्धक नवराज तिवारी लगायतले स्वागत गरेका थिए ।

निरीक्षणका क्रममा उनले संघको सेवा र समस्याका बारेमा जानकारी लिएकी थिइन् । संघका विविध विषयका बारेमा प्रवन्धक तिवारीले जानकारी दिएका थिए ।

मन्त्री सिंखडाले मानवीय जीवनका आवश्यकतालाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताए । उनले सरकार र संघ बीचको समन्वय बढाउनुपर्ने भन्दै सहजीकरणका लागि तयार रहेको उल्लेख गरिन् ।

संघका सभापति सिग्देलले सरकार र समुदायसँग मिलेर नागरिकको हितमा संघले काम गर्न चाहेको उल्लेख गरे ।

संघले यौनजन्य संक्रमणको परामर्श तथा उपचार, एच.आई.भि परिक्षण तथा परामर्श, गर्भवती जाँच, सुरक्षित गर्भपतन सेवा, प्रजनन् स्वास्थ्य सम्बन्धी शिक्षा, सूचना तथा परामर्श सेवा, यौनिक तथा लैङ्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचार सेवा, पाठेघरको मुखको क्यान्सरसम्बन्धी प्रारम्भिक परीक्षण तथा परामर्श, प्रयोगशालासम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button