नयाँ मन्त्रीपरिषद् गठन : गिरी, तामाङ र अर्याल बने मन्त्री

  • पोखरा न्यूज
  • २०८० फागुन २१
नयाँ मन्त्रीपरिषद् गठन : गिरी, तामाङ र अर्याल बने मन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीपरिषद् गठन गरेका छन् । सत्ता गठवन्धन परिवर्तन गरेर प्रधानमन्त्रीले नयाँ मन्त्रीपरिषद् गठन गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराए ।

नेकपा एमालेबाट पर्वतका पदम गिरी मन्त्री बनेका छन् । उनी यस अघिको प्रचण्ड नेतृत्वकै गठवन्धनमा स्वास्थ्य मन्त्री थिए । उनी हाल हाल पार्टीको प्रमुख सचेतक हुन् ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट नुवाकोटका हितबहादुर तामाङलाई पनि मन्त्री बनेका छन् ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डोलप्रसाद (डीपी) अर्याल मन्त्री बनेका छन् । धादिङ मैदीका अर्याल यसअघि प्रचण्ड नेतृत्वकै सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए ।

उनीहरु अहिले विनाविभागीय मन्त्री बनेका हुन् । नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डालगायतको विषयमा ठोस सहमति हुन लागेकाले तत्काल ३ जना मन्त्री बनेका हुन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस