अवैध कटिङ ढुङ्गा बोकेको टिपर प्रहरी नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले कटिङ ढुङ्गा बोकेको टिपरलाई आइतबार राति १०ः३० बजे नियन्त्रणमा लिएको छ ।

सिआरभी लामाचौरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कटिङ ढुंगा अवैध रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।

घाचोकबाट लामाचौरतर्फ आउँदै गरेको ग१क ५३६८ नं. को टिप्परलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कार्वाहीका लागि एक्यापको कार्यालय पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा चालकसँग कुनै पनि कागजात नभएको पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button