|सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ३ जना
पोखरा । पोखरामा फेरि अर्को सहकारी घोटला काण्ड बाहिर आएको छ । नयाँबजारस्थित विन्दवासिनी बचत तथा ऋण सहकारीमा करिब ७ करोड रुपैयाँ घोटला काण्ड बाहिर आएको हो ।
यस काण्डमा जोडिएका सहकारीका अध्यक्ष सुवर्णमान नकर्मीसहित ३ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
सहकारी रजिष्टार कार्यालयको पत्रानुसार उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।
पक्राउ पर्नेमा अध्यक्ष नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् । पक्राउ परेकाबिरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको इन्स्पेक्टर मानन्धरले जानकारी दिए ।
यस काण्डमा जोडिएका सहकारीका सचिव एवं स्टेशनरी व्यवसायी गंगाधर सुवेदी फरार छन् । साथै यस काण्डमा जोडिएका अन्यबिरुद्ध पक्राउ पूर्जी जारी गर्ने तयारीमा रहेको कास्की प्रहरीले जनाएको छ ।
बचतकर्ताले सहकारीको रकम हिनामिना भएपछि छानबिन माग गर्दै सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएपछि सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै ७ करोड रुपियाँ हिनामिना गरेको पुष्टि भएको छ ।
सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर अरुको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको औँल्याएको छ । सहकारीको नाममा रहेको ३ रोपनी जग्गा किर्ते गरी बेचेर रकम हिनामिना गरेको उनीहरुमाथि आरोप छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution