आज श्रीगणेशको प्रिय दिन, उत्तरतर्फको यात्रा निषेध, राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८० फागुन २२ गते मंगलबार, इस्वीसंवत मार्च ५ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फागुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फागुनकृष्णपक्षको दशमी तिथि रातिमा १ः३८ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ । नक्षत्रमा मूल बिहानमा ११ः२४ बजेसम्म त्यसपछि पूर्वाषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि ८ घटि ५८ पलासम्म त्यसपछि व्यतिपात योग लाग्नेछ । करणमा वणिज अहोरात्र रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सूर्य कुम्भ राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २९ घटि १० पला अर्थात ११ घण्टा ४२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः२६ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने आज रातिमा २ः१५ बजे र अस्ताउने समय भोलि दिनमा १२ः२६ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टि रहन सक्छ । लामो यात्राका लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले नजिकै रहेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फलदायी हुनेछ । नयाँ काममा लगानीको बारेमा विचार विमर्श हुन सकने छ । पेशागत कामकार्यबाट लाभ एवम् सफलता मिल्नेछ । प्रेमसम्बन्ध गाँसिने तथा जोडिएको सम्बन्ध मजबुत बन्नेछ ।

वृष : आज सत्कार्यबाट मानसम्मान मिल्नेछ । आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । मनमा प्रसन्नता छाउनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोली वचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ ।

मिथुन : मिथुन राशि हुनेहरुका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ । बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ । दिनमा ३ः३० बजेपछि अनावश्यक घुमफिर हुनसक्ने, कामकार्यमा अबरोध आउन सक्ने तथा अस्वस्थता बढ्ने र मानसिक तनाव हुनसक्ने छ । कामकुरो नबुझि बहकावमा आएर अनर्थ परिश्रम नगरेकै राम्रो हुनेछ । आज पश्चिमतर्फको यात्रामा ध्यान दिनुहोला ।

कर्कट : धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । वचस्व स्थापित हुनेछ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । आज पश्चिमभन्दा उत्तरतर्फको यात्रा महत्वपूर्ण हुनेछ ।

सिंह : मनमा प्रशन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै राम्रो होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा आंशिक सफलता मिल्नेछ । सन्तानको पक्षबाट चित्तबुझाउन सकिने स्थिति आउनेछ । अधुरा रहेका कामलाई अगाडि सकिने छ ।

कन्या : आज व्यापार व्यवसायको कामबाट लाभ हुन सक्छ । अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ । सामान्यतया ढुकुटीमा खजाना तथा धन दौलत जम्मा हुनेछ । वाणी सिद्धिकर दिन परेकोले मान्छेहरुलाई बोलीवचन तथा तर्क आदिले प्रभाव पार्न र समर्थन लिनसकिने देखिन्छ ।

तुला : आजको दिन सकेसम्म विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ । व्यापार व्यवसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालु नै रहनेछ ।

वृश्चिक : आज व्यापार व्यवसायबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै अशक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । तर पश्चिमतर्फको यात्रामा ध्यान दिनुहोला ।

धनु : आज तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ । राम्रो उद्यम सम्पादन हुने, प्रतिस्पर्धाजन्य कार्यमा सफलता मिल्नेछ । दैनिक कामकार्य तथा पेशाको क्षेत्रबाट राम्रो फाइदा उठाउन सकिने छ ।

मकर : आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत भए पनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ । चन्द्रमाको साथ रहेको छ । दिनमा ३ः३० बजेपछि दिन राम्रो रहनेछैन । सो समयमा आर्थिक कारोबार नगर्नुहोला ।

कुम्भ : आज सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर व्यवहारको लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ । स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ ।

मीन : आज स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुन सक्नेछ । सहकर्मी तथा मित्रवर्गसँग पनि द्वन्द हुन सक्ने र चलिरहेको कार्यमा अवरोध आउन सक्ने छ, त्यस्तै छरछिमेकी तथा हितैषीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने खालको गोचर रहेको छ ।

साइतः सूर्य कुम्भ राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः२५ बजेदेखि ७ः५३ बजेसम्म रोग बेला
बिहान ७ः५३ बजेदेखि ९ः२० बजेसम्म उद्धेग बेला
बिहान ९ः२० बजेदेखि १०ः४८ बजेसम्म चर बेला
बिहान १०ः४८ बजेदेखि १२ः१५ बजेसम्म लाभ बेला
मध्यान्ह १२ः१५ बजेदेखि १ः४३ बजेसम्म अमृत बेला
दिनमा १ः४३ बजेदेखि ३ः१० बजेसम्म काल बेला
दिनमा ३ः१० बजेदेखि ४ः३८ बजेसम्म शुभ बेला
दिनमा ४ः३८ बजेदेखि ६ः०५ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०५ बजेदेखि ७ः३७ बजेसम्म उद्धेग बेला
साँझ ७ः३७ बजेदेखि ९ः१० बजेसम्म चर बेला
राति ९ः१० बजेदेखि १०ः४७ बजेसम्म लाभ बेला
राति १०ः४७ बजेदेखि १२ः१५ बजेसम्म अमृत बेला
राति १२ः१५ बजेदेखि १ः४७ बजेसम्म काल बेला
राति १ः४७ बजेदेखि ३ः१९ बजेसम्म शुभ बेला
रातिमा ३ः१९ बजेदेखि ४ः५२ बजेसम्म रोग बेला
बिहानमा ४ः५२ बजेदेखि ६ः२४ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button