आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

पोखरा । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छ ।

खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ । नेपाल र नेदरल्यान्ड्सबीच यसअघि भएको खेलमा १ हार र १ जीत हार भएको थियो ।

लिग चरणमा सबै टोलीले ४-४ खेल खेल्दा नेदरल्यान्ड्स ५ अंकसहित पहिलो, नेपाल ४ अंकसहित दोस्रो र नामिबिया ३ अंकसहित तेस्रो भएका थिए ।

लिग चरणको खेलपछि तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो ।

अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला २ खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो ।

नेपाल नामिबियासँग २० र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

नेपालले तेस्रो खेलमा नामिबियामाथि ३ रन र चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button