ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा नारीको दिव्य सशक्तीकरण विषयक प्रशिक्षण

पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय पोखराले नारीको दिव्य सशक्तीकरण विषयक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

मानसिक शान्ति, पारिवरिक खुशी एवं सामाजिक समृद्धिका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

नारी दिवसको अवसरमा आयोजित कार्यक्रम फागुन २३ र २४ गते ब्रह्माकुमारीज दिव्य शान्ति अनुभूति केन्द्र (निर्माणाधीन भवन) फूलबारी हुनेछ ।

राजयोग शिक्षाको विज्ञ एवं विश्लेषक, वरिष्ठ राजयोग प्रशिक्षकद्वय राजयोगिनी ब्रह्माकुमारी सुधा दिदी र राजयोगिनी ब्रह्माकुमारी अमृत दिदीले प्रशिक्षण दिने कार्यक्रम छ ।

कार्यक्रमको पहिलोसत्र बिहान ७ देखि ९ बजेसम्म र दोस्रो सत्र बिहान ११ः३० देखि १ः३० बजेसम्म रहनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button