झापा । झापामा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री ५५ वर्षीय शम्भु कार्की रहेका छन् ।
झापा गाउँपालिका वडा नं ४ मंगलबारेस्थित हुलाकी राजमार्जमा शरणामतिबाट कुमारखोद जाँदै गरेको मे३प ५९२१ नं को मोटरसाइकलले ठक्कर दिँदा कार्की गम्भीर घाइते भएका थिए ।
कार्कीको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चालक झापा गाउँपालिका १ बस्ने ४५ वर्षीय पदमबहादुर राजवंशी प्रहरीको नियन्त्रणमा छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution