गण्डकी प्रदेशका मन्त्री रेशम जुग्जाली र सुशीला सिंखडा बर्खास्त

पोखरा । गण्डकी प्रदेश सरकारका २ मन्त्री बर्खास्त भएका छन् । नेकपा माओवादीका केन्द्रकातर्फबाट मन्त्री भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास मन्त्री सुशील सिम्खडालाई बर्खास्त गरिएको स्रोतले जनाएको छ ।

यी दुवै मन्त्रालय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आफैले राखेका छन् । मन्त्री बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन । संघीय सरकारमा सत्ता साँझेदार फेरिएसँगै त्यसको असर प्रदेश सरकारमा परेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मुख्यमन्त्रीको यो कदमसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिने र कांग्रेस नेतृत्वको सरकार ढल्ने आकलन गरिएको छ । माओवादी केन्द्रले आगामी सत्ता समीकरणबारे छलफल थालेको बताइएको छ ।

एमालेले यसअघि नेतृत्व गरिसकेको हुनाले सरकारको नेतृत्व आफ्नो दलले पाउनुपर्ने माग माओवादी केन्द्रको छ । गण्डकीमा नयाँ सरकार गठन गर्न एमाले र माओवादी केन्द्रलाई राप्रपाको साथ अनिवार्य छ ।

यस बिषयमा जानकारी गराउन र पछिल्लो राजनीतिक घटनाक्रबारे छलफल गर्न मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता पाण्डेले संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button