माछापुच्छ्रे माविबाट २०४७ मा एसएलसी दिएका विद्यार्थीले गरे गुरुहरुलाई सम्मान

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ स्थित माछापुच्छ्रे माविमा २०४७ सम्म अध्ययन गरेका विद्यार्थीको सम्मान र पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको एसएलसी ब्याची समूह-२०४७ को ब्यानरमा कार्यक्रम भएको हो ।

कार्यक्रममा तत्कालीन प्रधानाध्यापक रामचन्द्र सुवेदी, शिक्षकहरू कृष्णबहादुर कुँवर, शिवकुमार सुवेदी, हरिकुमार श्रेष्ठ, तेजप्रसाद काफ्ले, गमबहादुर कुँवर, कृष्णबहादुर केसी, केदारनाथ अधिकारी, रामेश्वर सुवेदीसहित ९ जनालाई सम्मान गरिएको थियो ।

सो अवसरमा तत्कालीन प्रधानाध्यापक रामचन्द्र सुवेदीले विद्यालयमा अध्ययन गरेका विद्यार्थीले देशका हरेक जिल्लामा पुगेर विद्यालयको गरिमा बढाउने काम गरेको बताए । उनले विद्यार्थीले गुरुप्रति उच्च सम्मान प्रकट गरेर सम्मान गरेकोमा निकै खुसी लागेको बताए ।

कार्यक्रममा सहभागीले आआफ्ना तितामीठा अनुभव साटासाट गरेका थिए ।

सो अवसरमा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपालका गभर्नर चन्द्रकुमार केसीले सकारात्मक ऊर्जासहित सफल हुने तरिका सिकाएका थिए ।

२०४७ का विद्यार्थी तथा अन्नपूर्ण गाउँपालिकाका निवर्तमान प्रमुख युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा गणेश प्रसाद अधिकारीले स्वागत, पार्वती भण्डारी आचार्यले धन्यवाद र संयोजक एवं पत्रकार टंकराज अधिकारीले सञ्चालन गरेका थिए ।

विद्यालयबाट २०४७ को एसएलसीमा ८८ जना सहभागी थिए । तीमध्ये ६ जना निधन भइसकेको संयोजक अधिकारीले जानकारी दिए ।

कार्यक्रममा सो ब्याचका शान्ती गुरूङ, बिनोद लेकाली, हरिदत्त सुवेदी, रवीन्द्र बहादुर कुँवर, गोपाल अधिकारी र नारायण अधिकारी निधन भएकाेमा स्मरण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button