नेपाल ४ विकेटले पराजित

पाेखरा । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले हात पारेको छ । नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले सो उपाधि हात पारेको हो ।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य नेदरल्याण्ड्सले ३ बल रहँदै पुरा गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए ।

स्याब्रान्ड एंगेलब्रेक्टले २९ बलमा ४ चौका र ३ छक्का हानेर ४८ रन बनाए । नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो  ।

नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए ।

कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी १ रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा ३ छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले ९ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् ।

पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान ६/६ रन बनाए । नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्राण्ड एङ्गलब्रेक्टले समान २/२ विकेट लिए ।

नेपालले पछिल्लो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरी फाइनलमा पुगेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button