पोखरा । पोखरामा बिजुलीको पोल भाँचिएर स्कुल बसमाथि परेको छ ।
यो घटना पोखराको लामाचौरस्थित भक्ति पथमा भएको हो । नदीपुरस्थित न्यू ग्यालेसी माविको बस विद्यार्थी लिन जानेक्रममा बिहान ९ः३० बजे सो घटना भएको हो ।
विद्यालयका प्राचार्य डा. रामजी शर्माकाअनुसार बस गुडिरहेकै अवस्थामा बिजुलीको पोल भाँचिएर बसमाथि परेको हो ।
पोलमा रहेका बिजुलीका तारमा विद्युत प्रवाह भइरहेपनि अन्य घटना भने नभएको प्राचार्य शर्माले बताए ।
बस चालक र सहयोगीले तत्कालै बसबाट विद्यार्थीलाई निकाल्न सफल भएको बताइन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution