भलाम हत्याकाण्ड : पोखरा-२० का प्रिमस काहुँखोलाबाट पक्राउ, कारागार चलान

पोखरा । कास्की प्रहरीले ज्यानसम्बन्धी कसूर मुद्दामा एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २० लामाडाँडाका ३० बर्षीय डीलबहादुर गुरुङ भन्ने प्रिमसबहादुर गुरुङ छन् ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले उनलाई पोखरा-११ काँहुखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालत हाजिर गराई कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको छ ।

उनी गत मंसिर ७ गते जिल्ला अदालत कास्कीबाट ज्यानसम्बन्धी कसूर मुद्दामा दोषी ठहर भएका थिए ।

फैसलाअनुसार उनलाई १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

प्रिमसबहादुरले २०७८ फागुन १९ गते राति पोखरा-२० मौजाका एक युवकको छुरा प्रहार गरी हत्या गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button