पोखराको विन्दवासिनी सहकारीका बचतकर्तालाई उजुरी दिन आग्रह

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरास्थित बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई सञ्चालकबिरुद्ध उजुरी दिन आग्रह गरेको छ ।

प्रहरीले मंगलबार सूचना प्रकाशित गरी फागुन ३० गतेभित्र उजुरी दिन आग्रह गरेको हो ।

सहकारीमा रकम जम्मा गरेको भरपर्दो आधार पासबुक, भौचर, स्टेटमेन्ट, मुद्धत प्रमाणपत्रको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित भएर उजुरी दिन प्रहरीले आग्रह गरेको छ ।

पोखरा-९ न्यूरोडस्थित सहकारीको अध्यक्षसहित पदाधिकारीले बचतकर्ताको रकम अपचलन गरेको भन्दै सहकारी राजिष्टारको कार्यालय पोखराले प्रहरीमा निवेदन दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

स्रोतकाअनुसार विन्दवासिनी सहकारीको सात करोडभन्दा बढी रकम घोटला भएको छ ।

यस प्रकरणमा जोडिएका सहकारी अध्यक्ष सुवर्णमान नकर्मी, ऋण संयोजक कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी सन्दिप पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

साथै संस्थाका सचिव एवं स्टेसनरी व्यवसायी गंगाधर सुवेदी लगायत फरार रहेकाले पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button