|मलेखु (धादिङ), २३ फागुन : धादिङको घाटबेसीमा दुर्घटनाग्रस्त बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीमा दुर्घटनाग्रस्त बस । कपिलवस्तुबाट काठमाडौँतर्फ आउदै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान पृथ्वीराजमार्गबाट त्रिशुली नदीमा खस्दा सात जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते छन् । तस्बिर : शंकर श्रेष्ठ/रासस
पोखरा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ ।
कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार एकाबिहानै दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका-१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।
आफन्त र परिवारसँग सम्पर्क गरी मृतकको यकिन गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।
प्रहरीका अनुसार सो बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् ।
उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३९ जना घाइते छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution